संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौं: मन्त्री सिंह
२०८१ पुष १५ गते सोमबार
- उनले आउने पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने भएकाले वर्तमानमा गरिरहेका गतिविधिलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्ने बताए ।
काठमाडौं सहरी विकासमन्त्री प्रकाशमान सिहंले पुर्खाले सुम्पिएर गएको संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
सोमबार तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले आउने पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने भएकाले वर्तमानमा गरिरहेका गतिविधिलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्ने बताए ।
उनले भने,‘पुर्खाले हामीलाई छोडेर गएका जुन रितितिथि,परम्परा छन् । त्यसलाई जोगाउनको लागि वर्तमानमा सबै त्यसमा सक्रिय भएर सहभागी भएको खण्डमा जोगिने रहेछ । जसरी हाम्रा पुर्खाले सुम्पिएर गएका संस्कार संस्कृति छ त्यसलाई आउने पुस्ता,नयाँ पिँडीलाई सुम्पिनपर्ने भएकाले वर्तमानमा जे जति गतिविधि गरिरहेका छौं त्यसलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्छ ।’
त्यस्तै उनले धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित र संस्थागत गर्दै लैजानुपर्ने भन्दै आउने दिनमा आम नेपाली जनता र राष्ट्रलाई समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्ने बताए ।
उनले भने,‘सबैले प्राप्त गरेको अधिकार सजिलैसँग प्राप्त गरेको होइन् । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई सुरक्षित राख्दै र संस्थागत गर्दै ,आउँदै गरेको दिनमा आम नेपाली जनता र राष्ट्रलाई उन्नती र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।